तनहुँमा नक्कली प्रहरी बन्दै चक्कु र बाेत्तल देखाएर गाडीमा लुटपाट

तनहुँमा नक्कली प्रहरी बन्दै चक्कु र बाेत्तल देखाएर गाडीमा लुटपाट
Oplus_0


तनहुँमा दुई जनाले नक्कली प्रहरी बन्दै चक्कु र बियरकाे बाेत्तल देखाएर गाडीमा लुटपाट गरेका छन् ।
पृथ्वीराजमार्ग स्थित मणिचाेकमा गएराती २ बजेको समयमा केटीएम ड्युक माेटरसाइकलमा आएका दुईजनाले तरकारी बेचेर पाेखराबाट मुग्लिन तर्फ जाँदै गरेको गाडीलाई राेकेका थिए ।

सुरुमा हामी सिभिल प्रहरी हाे गाडीको लाइसेन्स , बिलवुक देखा भनेका उनीहरूले गाडी चालकले लाइसेन्स निकाल्दै गर्दा बियरकाे बाेत्तल र चक्कु देखाएर पैसा कति छ निकाल नत्र —? भनेका थिए ।

रातिको समय सुनसान भएकोले गाडीका चालक र सहचालक डराई भएको ५ हजार रूपयाँ उनिहरूलाइ बुझाएका बताइएको छ । पैसा पाएपछि उनीहरू माेटरसाइकल लिएर भागेको बताइएको छ । गाडीका स्टाफले माेटरसाइकलकाे पूरा नम्बर हेर्न नभ्याएको र लास्टमा ० देखेको साथै केटीएम ड्युक बाइक भएकोले प्रहरीले साेधखाेज र अनुसन्धान गरिरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page