म्याग्देमा हजारौं दर्सकले हेरे चलचित्र ” दिलसरा “

म्याग्देमा हजारौं दर्सकले हेरे चलचित्र ” दिलसरा “

मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को सनिवार म्याग्दे गाउँपालिकाको शभाहलमा प्रदर्शन गरीएकाे छ । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को ११ बजेवाट प्रदर्शन गरिएकाे थियो । चलचित्र हेर्न टाढाटाढा बाट ठुलो संख्यामा दर्शकहरू जम्मा हुँदा झण्डै ७/८ सय जना क्षमताको हलमा पहिलो र दाेस्राे गरि दुइ लट फिल्म प्रदर्शन गर्नुपरेको थियो ।

मगर संसार फोटो ग्यालरीको आयोजनामा ​​आपतकालिन मगर संसार राहतकोषमा सहयोगारार्थ फिल्म प्रदर्शन गरिएको कार्यक्रम संयाेजक नरमाया आलेले बताइन् ।

नेपाली भाषामा निर्मित मगर समुदायमा आधारित चल चित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र रहेकाले धेरैले चलचित्र मन पराएकाे नेपाल मगर संघ म्याग्देका अध्यक्ष नरसिंह रानाले बताए ।

यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसरा ले गरेको संघर्षलाई देखाइएको छ । मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापामगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।

चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।
चलचित्र हेरेर निस्केका दर्शकहरूले चलचित्र अत्यन्तै उत्कृष्ट र राम्रो भएको प्रतिक्रिया दिएका छन । चलचित्र हेर्न म्याग्दे गापा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतका व्यक्तिहरू गाउँ सभा हलमा पुगेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page