जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो:
तनहुँ, ८ फागुन

तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा जन्ती बोकेको बोलेरो जीप आईतबार राती १२ः३० दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गंभिर घाइते हुनु भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो ।



यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमा मृत्यु भएको थियो । मृत्यु हुने तुलसी बेहुलीको बहिनी हुन् भने आसपुर र सेरबहादुर सहोदार दाजुभाई हुन् । आँबुखैरेनीको बरादी–हिलेखर्क स्थित भित्री सडक खण्डमा जन्ती लिएर फर्किने क्रममा बा १८ च ५९२१ नंम्बरको बोलेरो जिप दुर्घटना भएको थियो ।

आइतबार राती १२ः३० बजे जीप अनिन्त्रित भई सडक देखी करीव पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । प्रनाउ खाँडका अनुसार दुर्घटनामा चालक सहित १५ जना यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये नौ जनाको चितवन मेडिकल कलेज र छ जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको छ ।

आबुखैरेनी गाउँपालिका– ६ प्युघर बस्नेहरु बर्ष १५ की सुबिना गुरुङ, बर्ष ६७ को मनबहादु गुरुङ, बर्ष ३८ की सुकमाया गुरुङ, बर्ष ६ की एलिसा गुरुङ सोही वडाको छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ घाईते भएका छन् । यसैगरी बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ, चालक आबुखैरेनी गाउँपालिका–१ गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बिश्वकर्मा घाईते भएका हुन् ।


आबुखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ, आबुखैरेनी गाउँपालिका–६ प्युघरफाँट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ, आँबुखैरेनी–६ बस्नेहरु बर्ष ३६ की आसमाया गुरुङ, बर्ष १०की दीक्षा गुरुङ, बर्ष ५२ को सेते गुरुङ, बर्ष ३६ की चिजकुमारी गुरुङ, उहाँको छोरा १८ महिनाको सुसान गुरुङ र बर्ष ३७ की सुनिता गुरुङ घाईते भएका छन् ।
























