पहिरोले पृथ्वीराजमार्गको घाँसीकुवामा यातायात ठप्प
दुई दिनदेखि निरन्तर परेको पानीका कारण पहिरो खस्दा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ ।


राति करिब १ बजेदेखि माथिबाट खसेको लेदाे सहितको पहिरोले राजमार्ग पुर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निरन्तर पानी परिरहेकाेले पहिरो हटाउन अझै समय लाग्ने प्रहरीकाे भनाइ छ । त्यहीँ ठाउँमा केही समय अगाडि पनि पहिरो जाँदा लामो समय यातायात अवरुद्ध भएको थियो । प्रहरीका अनुसार तनहुँ खण्डकाे अन्य ठाउँमा भने राजमार्ग सुचारू रहेको छ ।

यसैबीच अहिले बिहान ४ बजेतिर
.चितवन ईच्छाकामना गा.पा.४ घोप्टेभिरमा पहिरो जाँदा मुग्लिन नारायणगढ तथा काठमाडौं खण्ड समेत बन्द छ ।
यस्तै ईच्छाकमना ३ मौवाखोला,दतिखोला,पानिधारा स्थित सडक माथि बाट पहिरो आई बाटो पुर्णरुपमा अबरुद्द भएको ऐ.६ नौकिलो स्थित सडक जमिन देखी २ फिट तल भासिएको ग्रावेल फिलिङ र सोहि स्थानमा जुगेडी देखी मुग्लिन तर्फ आउदै गरेको प्र.३-०१-०२४च ३०५६ नं.को बलेरो जिप जमिन भासिएको ठाउमा फसेको चालक सुरक्षित ,३ नम्बर पुलको पहिरो पन्छाउने कार्य भइरहेको टोपे खोलामा लेदो सहितको पहिरो गइ बाटो अवरूद्द रहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।
























