दमाैलीमा आज दिनभर बत्ती जाने

दमाैलीमा आज दिनभर बत्ती जाने

साेमबार ( आज ) बिहान ८ बजेदेखि ५ बजेसम्म दमाैली बजार र आसपास बिद्धुत आपुर्ति बन्द हुने भएको छ । मुग्लिङ पाेखरा पृथ्वि राजमार्ग सडक विस्तार काे क्रममा दमाैली वजार सडक किनारमा पाेल गाड्ने कार्य भैरहेकाे र उक्त पाेलमा नयाँ लाईन विस्तार गरी पुरानाे संरचनाहरू हटाउने कार्यकाे लागि बिद्धुत आपुर्ती बन्द हुने भएको हाे ।

दमाैली फिडरवाट विधुत आपुर्ति हुने व्यास नगरपालिका का वडा न १,२,३,४ वडाहरूमा (दमाैली वजारमा) आवश्यकता अनुसार विहान १० वजे देखि साँझ ५ वजेकाे अवधिमा विधुत आपुर्ति वन्द रहने नेपाल बिद्धुत प्राधिकरण तनहुँले जानकारी गराएकाे छ ।

प्राधिकरणले समयमै कार्य सम्पन्न भएमा वा माैषममा प्रतिकुलता भएमा वा बन्द गर्नु नपर्ने अवस्थामा साे अवधिमा विधुत सेवा सञ्चालन भै रहन सक्ने समेत बताएको छ । बिहान ८:०० बजे देखि साझ ५:०० सम्म आवश्यकता अनुसार निम्न ट्रान्सफरमर बाट वितरीत हुने व्यास नगरपालिका काे वडा न १,२,३ र ४ वडामा बिध्युत अवरुद्घ हुने प्राधिकरणले जानकारी गराएकाे छ ।


१. व्यास ४ – पुरानो ट्राफीक कार्यालय अगाडीको ट्रान्सफरमर
२. व्यास ३ – तरकारी लाइनको ट्रान्सफरमर
३. व्यास ३- बर्गर हाउस छेउको ट्रान्सफरमर
४. व्यास ४ – भोर्लेटार चोकको ट्रान्सफरमर

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page