ठुला जुवाडे नदेखे जस्तो गरी चाैताराका ” टायम पास ” सर्वसाधारण पक्राउ गर्दै तनहुँ प्रहरी

ठुला जुवाडे नदेखे जस्तो गरी चाैताराका ” टायम पास ” सर्वसाधारण पक्राउ गर्दै तनहुँ प्रहरी
Oplus_0

बुधबार साँझ व्यास २ दमाैलीकाे एक हाेटलमा बियर पार्टी राम्रैसँग चलिरहेको थियो । एकजना यस्तो स्पन्सर थिएकी उनलेे साथीभाइ सबैलाई फाेन गर्दै बियर खान बाेलाइरहेका थिए । एकजना दुईजना गर्दागर्दै त्यहाँ ठुलै भिड जम्मा भयो सबैले बियर मज्जासँग खाए , रमाइलो गरे । पछि हाेटलकाे बिल तिर्ने बेला भयो , बिल पनि धेरै नैं उठ्याे , तर सबै बिल मेरो हाे , २० रूपया पइँट तास खेलेको आज राम्रै दाउ लाग्यो पैसा जितीयाे !

त्यसैले सव मेरो ,कति भयो भन्दै रमाइलोका साथ उनले बिल तिरे । सबै साथीभाइ खुसी भए । सँगै त्यहीँ उनले अर्को के पनि खुलाए भने अर्को ५० रूपयाँ पइँटकाे ठुलो खालमा खेल्नपर्ने रहेछ , तर म त यसरी दाउ लाग्छ जितीन्छ भन्ने भएन त्यसैले २० काे खालमा बसियाे ।


माथि प्रस्तुत प्रसङ्गले पनि बजार भित्र ठुलै खाल तास खेलाइन्छ / खेलिन्छ भन्ने प्रस्ट हुन्छ । तर यी सबै बिषयमा तनहुँ प्रहरी बेखबर छ या देखेर पनि नदेखेको जस्तो गरेको छ वा भित्र भित्र सेटिङमा याे सबै चलेको छ । गम्भीर प्रश्न खडा भएको छ । याे प्रश्नलाइ बिहीबार म्याग्दे ७ काे एक चाैताराबाट तास खेलेका ५ जनालाई समात्नुले पनि थप बल पुर्याउँछ । बजारमै ठुला खाल नदेखेको प्रहरीले गाउँका चाैतारामा सामान्य टायम पास गर्नलाई तास खेलेका ५ जनालाई पक्राउ गर्नुले पनि पुष्टि हुन्छ ।

बिहीबार दिउँसो म्याग्दे ७ बाट पक्राउ परेका उनिहरूवाट सहकारीले दिउँसो दिएकाे बाेनस रकम समेत साथमै रहेको र घरमा नपुर्याउँदै प्रहरीको कब्जामा पुगेको छ । स्थानीयका अनुसार उक्त चाैताराेमा स्थानीय हरू भेटघाट हुँदा लुँडाे , बाघचाल ,तास यस्तै खेलेर टायम पास गर्ने गर्दै आएका थिए । प्रहरीकाे याे कदम साच्चिकै जुवाडे हटाउने अभियान हाे या सानालाइ तर्साएर ठुलालाइ छुट दिने हाे त्यो भाेलिकाे दिनमा प्रहरीले गर्ने व्यवहारले प्रस्ट्याउने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page