बाढीले क्षति पुुर्‍याएको घुमाउनेको झोलुङ्गे पुल आँबुखैरेनी गाउँपालिकाले मर्मत गर्ने 

बाढीले क्षति पुुर्‍याएको घुमाउनेको झोलुङ्गे पुल आँबुखैरेनी गाउँपालिकाले मर्मत गर्ने 


आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने झोलुङ्गे पुल आँबुखैरेनी गाउँपालिकाले मर्मतसंम्भार गर्ने भएको छ ।
गत असोज ११ र १२ गते त्रिशुली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएकाे पुलको आँबुखैरेनी गाउँपालिकाले मर्मतसंम्भार गर्न लागेको हो । 
प्राविधिक लिएर पुलको अनुगमन गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले क्षतिग्रस्त पुल गाउँपालिकाले मर्मत गर्ने बताएका हुन् । 


दसैको समयमा पुलबाट आवतजानत गर्ने सर्वसाधारणलाई सास्ती भएपछि पालिकाले तत्कालै मर्मतसंम्भार कार्य अघि बढाउन लागेको हो । 
आमनागरिकको आवतजावतमा सहज व्यवस्था मिलाउन जोखिमयुक्त पुलको मर्मत कार्यका लागि गाउँपालिकाले तदारुकता देखाएको अध्यक्ष चुमानले जानकारी दिए ।
सोही ठाउँ नजिक निर्माणधीन पक्की पुलको निर्माण कार्य दश बर्षको अवधिमा जम्मा ४० प्रतिशत मात्रै प्रगति भएको छ । समयमा पुल नबन्दा मोटरसाइकल र पैदलयात्री बाहेक अन्य ठुला सवारी त्यहिबाट फर्किनुपर्ने बाध्यता रहेको छ । 
पैदलयात्री र मोटरसाइकल चालकले यही झोलुङ्गे पुलको प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्कने गर्छन् ।
 
सदरमुकाम दमौलीबाट बुद्धसि मार्ग हुदै घुमाउने पुग्न सकिन्छ । यस मार्ग भएर यात्रा गर्दा पृथ्वीराजमार्गको तुलनामा करिब २५ किमि छोटो दुरीमा यात्रा गर्न सकिन्छ । 
यस मार्गलाई पृथ्वीराजमार्गको बैकल्पीक मार्गको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्दै आएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page