तनहुँकाे भिमाद र दमाैलीमा चलचित्र “दिलसरा” हेर्नेकाे भिड

तनहुँकाे भिमाद र दमाैलीमा चलचित्र “दिलसरा” हेर्नेकाे भिड
Oplus_0

तनहुँको भिमाद र दमौलीमा एकैसाथ प्रदर्शन भएको मगर संस्कृतिमा आधारित चलचित्र “दिलसरा” हेर्नेकाे सनिवार ठुलो भिड लागेको छ । सनिवार दमाैलीकाे सभा हल र भिमादकाे बाणिज्य संघकाे हलमा दुई -दुई साे मा प्रदर्शन भएको चलचित्र हेर्न दर्शकहरूकाे हजारौंको उपस्थितिले आयाेजकलाइ निकै खुसी तुल्याएको छ । अझै बिशेष गरि कलाकारहरूलाइ याे भिडले ठुलो हाैसला प्रदान गरेको छ । चलचित्र हेर्न सदरमुकाम दमाैली बासीलाई टक्कर दिने गरि भिमादमा मानिसहरूकाे झनै उल्लेख्य उपस्थिति रहेको थियो । भिमादमा कलाकार लिन समेत बाजागाजा बजाउँदै गएको र भब्य स्वागतका साथ ठुलो संख्यामा मानिसको उपस्थिति रहेको प्रभावशाली मगर महिला समुहले जानकारी दिएको छ ।

प्रभावशाली महिला दमाैलीका संयाेजक एवम् अगुवाहरू रिमा आले र केशु रानाका अनुसार दमाैलीकाे सभागृह हलमा दुई साे लाइनैं सहयोग स्वरूप टिकट बिक्री भएको भए पनि चाडपर्वले गर्दा दाेस्राे साेमा मानिसहरूकाे भाैतिक शरीर उपस्थितीमा केही कमी देखिएको बताए । केही दिन देखि प्रभावशाली महिला नेतृहरू निकै खटिएकोले फिल्म सफल भएको आलेले दावी गरिन् । यस्तै महिला नेतृ एवम् ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले पनि चलचित्र दिलसरा हेर्न ठुलो संख्यामा दर्शक सहभागी हुनुले फिल्म उत्कृष्ट रहेको प्रमाणित भएको बताइन् ।

नेपाल मगर संघ व्यास नगर समिति दमौलीको आयोजना तथा आदिवासी जनजाति व्यास समिति ,मगर गुठ समिति ,मगर सुधार समिति ,तनहुँ मगर समिति , लाङ्घालि मगर समिति लगायत सहआयोजक रहने गरि संयुक्तरूपमा फिलिम प्रर्दशन गरिएको थियोे ।

मगर परम्पराको माध्यमवाट मौलिकता झल्काउने, सामाजिक,सांस्कृतिक र आर्थिक सन्देश प्रवाह गर्ने उद्देश्य लिएर निर्माण गरिएको चलचित्रकाे प्रदर्शनले मन जितेको फिल्म हेरेर निस्केका गल गुरूङले बताए ।फिल्म साेचेभन्दा राम्रो र सन्देशमुलक भएको उनलेे प्रतिक्रिया दिए । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको दिलसरामा भिमाद नपा ४ राङरूङ्गकी सृष्टि रानामगर मुख्य नायिका रहेकि छन् । दर्शकहरू सँगसँगै चलचित्र हेरेर निस्केकी नायिका सृष्टिले दर्शकहरूकाे मायाले निकै खुसी लागेको भन्दै सबैलाई धन्यवाद दिइन् । दर्शकको साेचेभन्दा धेरै माया पाउँदा खुसी लागेको उनलेे प्रतिक्रिया दिइन् ।

,पवित्रा थापाको मुख्य अभिनय एवं मिना थापा मगरको पटकथा लेखन रहेको चलचित्र संस्कृति जाेगाउने खालको र सन्देशमुलक भएको नेपाल मगर संघका नेता सिद्धान्त थापाले बताए ।
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि बुटवल , पाल्पा र तनहुँकाे म्याग्देमा प्रदर्शन गरिएको थियो । जसमा पनि हजारौं दर्शकको भिड लागेको थियो ।

यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको प्रभावशाली महिला संयाेजक एवम् प्रचारप्रसार संयाेजक नरमाया आलेले जानकारी दिइन् । मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।

चलचित्रको कथा जुना थापा मगर , पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शनी सफल बनाउन दमाैलीमा निर्माता हर्क आले मगर र नायिका सृष्टि राना मगर दर्शक सँगै बसेका थिए भने अन्य कलाकार भिमाद गएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page