लागु औषध सहित भानु र बन्दीपुरका परियार , तामाङ र कायस्थ पक्राउ
प्रतिवन्धित लागु औषध सहित तनहुँकाे भानु नगरपालिका र बन्दीपुरका तिनजना युवाहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नपा वडा नं. – ६ रामथुम्की बस्ने वर्ष ३२ को पूर्ण बहादुर परियार, ऐ.ऐ. वडा नं. १ नयाँबस्ती बस्ने वर्ष ३० को बुद्दि बहादुर तामाङ र बन्दीपुर गा.पा. वडा नं.- ४ च्याम्चा बस्ने वर्ष ३२ को आशिष कायस्थ रहेको प्रहरीले बताएको छ ।

उनिहरूले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा फेनारागन लेखिएको १७ एम्पूल, नुरफिन लेखिएको १७ एम्पूल, डाईजापम लेखिएको १७ एम्पूल गरी जम्मा ५१ एम्पूल र सिरिन्ज १६ थान प्रतिवन्धित लागु औषध सहित पक्राउ गरिएको र उनिहरूकाे थप अनुसन्धान भइरहेको बताइएको छ ।

























