तनहुँमा भ्यान र मोटरसाईकल ठाेक्किँदा मोटरसाईकल चालक नहर्कीकाे मृत्यु
पृथ्वीराजमार्ग अन्तगर्त आँबुखैरेनी गाउँपालिका–२, ढापटारमा इभी माईक्रो भ्यान र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

साेमबार बिहान डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग.१ ज. ८४१८ नम्बरको इभि भ्यान र बिपरित दिशा तर्फ जादै गरेको गण्डकी एएए ००१५ नम्बरको मोटरसाईकल ढापटार आँबुखैरेनीमा एक आपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक गोरखा नगरपालिका– १४, गोप्लिङ्गका भक्त बहादुर नहर्कीलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको र अस्पतालले नहर्कीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
फाेटाे सामाजिक सञ्जाल
























