बालेनकाे कवितात्मक शैलीको फेसबुक पाेष्टमा लाखौंकाे लाइक , कमेन्ट् र शेयर !
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकाे पाेस्टमा २ लाख ७४ हजार लाइक , २८ हजार ९ सय कमेन्ट् र ७ हजार ८ सयले शेयर गरेका छन् । मेयर शाहले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने कुरा उल्लेख गरेका थिए ।

बुधबार सामाजिक सञ्जाल फेसबुक पेज मार्फत मेयर शाहले कवितात्मक शैलीमा लेखेकाे पाेस्टमा ठुलो संख्यामा लाइक , कमेन्ट् र शेयरकाे ओइराे लागेको हाे । ठुला र पुराना पार्टी प्रति सर्वसाधारणमा वितृष्णा बढिरहेको बेला बालेन प्रति भने आम नागरिकको क्रेज बढ्दै गएकाे छ । बालेनले लेखेका छन् –

‘ गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ । ‘
























