सुर्यदर्शन सहकारी ठगीमा संलग्न तनहुँका खनाल पक्राउ
सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)ले उनलाई शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रवक्ता बोगटीले बताए ।

























