भाेटीबजार दमाैली महाेत्सव कात्तिक २३ गतेदेखि हाइस्कुलटारकाे समिचाैताराेमा हुने
यही कात्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म दाेस्राे भाेटीबजार महाेत्सव हुने भएको छ । व्यास १ स्थित हाइस्कुलटारकाे समिचाैतारामा महाेत्सव हुने आयाेजक दाेभान युवा क्लवले जनाएको छ ।

महाेत्सवकाे तयारीका लागि स्टल राख्ने काम भइरहेको दाेभान युवा क्लवका अध्यक्ष नलबहादुर दरैले बताए । महाेत्सवलाइ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको भन्दै अध्यक्ष दरैले रमाइलो मेलाका सामाग्री समेत चाँडै आउने जानकारी दिए ।

परम्परागत कला संस्कृति , औधाेगीक व्यापार , कृषि ,घरेलुु हस्तकलाकाे प्रवर्द्धन भन्ने मुल नाराका साथ आयाेजीत महाेत्सवमा राष्ट्रिय एवम् स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने महाेत्सवका व्यवस्थापक ऋषि थापाले बताए ।
महाेत्सव सुरुमा पुरानो ठाउँमा गर्ने भनिएपनी अहिले समिकाे चाैताराे आडैकाे खाली ठाउँमा गरिने तय भएको थापाले जानकारी दिए ।
























