काङ्ग्रेस तनहुँका युवा नेताहरू जुर्मुराए

काङ्ग्रेस तनहुँका युवा नेताहरू जुर्मुराए


नेपाली काङ्ग्रेस तनहुँका युवा नेताहरू जुर्मुराएका छन् । तनहुँका युवा नेताहरूले एक हुँदै साेमबार आँवुखैरेनीमा भेटघाट , तथा त्यहाँका युवा नेताहरू सँग भेटघाट एवम् बृहत छलफल गरेका छन् ।

त्यसअघि शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराईले युवा नेता चाम थापाको सकृयतामा जम्मादेवी आधारभुत विद्यालय आँवुखैरेनी ४ बेनीटारका बिद्यार्थीहरूलाइ स्टेसनरी सामाग्री हस्तान्तरण गरेका छन् । अध्यक्ष भट्टराईले स्टेसनरी वितरण सँगै उक्त बिद्यालयमा पढ्ने बिद्यार्थीहरूलाइ न्यानो कपडाको लागि नगद १३ हजार सहयोग गरेका छन् ।
सहयोग कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चुडामणी खनालले स्टेसनरी तथा न्यानो कपडा सहयोगले बिद्यार्थीहरूलाइ पठनपाठनमा सहयोग पुग्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा आँवुखैरेनी ४ का अध्यक्ष
मिलन भुजेलले पृथ्वीराजमार्गमा रहेको बिद्यालय भएर पनि यस बिद्यालय बत्ती मुनिकाे अधेराे जस्तो रहेको बताइन् । अध्यक्ष भुजेलले बिद्यार्थीहरूकाे पठनपाठन मा यस किसिमको सहयोगले सकारात्मक उर्जा थप्ने भन्दै बिद्यालयमा प्राय सबै बिद्यार्थीहरू आदिवासी जनजातिका रहेको बताइन् । बिद्यालयलाई गाउँपालिकाले मर्ज गर्ने मनसाय लिएको भए पनि हामीले राेकेकाे भन्दै उनलेे बिद्यालय मन्दिर भएकोले मन्दिरलाई हटाउन नदिइने बताइन् । पटकपटक बिद्यालयकाे भवन बनाउन प्रस्तावना पेश गरेपनि पुर्वाधार बन्न नसकेको उनको भनाइ थियो ।

सहयोग कार्यक्रममा प्रधानाध्यापक विरमाया गुरूङले
४३ जना बिद्यार्थी बिद्यालयमा अध्यनरत रहेकाे जानकारी दिइन् । कार्यक्रममा नेविसंघका पुर्व महामन्त्री दिपक भट्टराई , महाधिवेशन प्रतिनिधि चाम थापा , शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराई , जिल्ला सदस्य माेहन गिरी , आँवुखैरेनी गाउँकार्यसमितिका कार्यवाहक सभापति बिजय गुरूङ, वडा नं ३ का अध्यक्ष दिनेश केसी , नेविसंघका कार्यवाहक अध्यक्ष आशिष कैनि , धनबहादुर गुरूङ , भानु नगरपालिकाका कार्यापालिका सदस्य सकिना खातुन ,नेविसंघका अनुप आले , पवित्रा लामिछाने लगायतकाे उपस्थिती रहेको थियो ।

सहयोग कार्यक्रम पश्चात् आँबुखैरेनिमा शिक्षक संघ तनहुँकाे छलफल एवम् भेटघाट कार्यक्रममा हालै मात्रै मावि स्थायीमा नाम निकाल्न सफल शिक्षक सँघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराईलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page