म्याग्देका युवाहरू सयपत्री फुल खेती तर्फ आकर्षित

म्याग्देका युवाहरू सयपत्री फुल खेती तर्फ आकर्षित

तनहुँकाे म्याग्देका युवाहरू सयपत्री फुल खेती तर्फ आकर्षित भएका छन् । यसै वर्ष देखि म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवाहरू अक्षय कुमार कायस्थ , सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती सुरु गरेका छन् ।

म्याग्दे गाउँपालिका अन्तर्गत कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम “पुष्प खेती विकास कार्यक्रम” अन्तर्गत तिहारको लागि आवश्यक पर्ने Orange TT Ball जातको सयपत्रीको फुलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो । “तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भन्ने उद्धेश्य सहित तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको हाे अक्षयले भने ।

युवाहरूले लगाएको फूल यतिबेला बारिमा ढकमक्क फुलेको छ र त्यसको बजारिकरणका लागि तयारी थालिएको छ । करिब दुई हजार पाँच सय फूल लगाइएको बारीमा तिहारका बेला स्थानीयस्तरमै उत्पादन भएको फूल पुर्याउने लक्ष्य राखिएको छ । युवाहरूका अनुसार यसपटक पोखरामा फुलकाे लागि सम्पर्क भएकाेले पहिलोपटक फुल टिपिएकाे छ । फुल टिप्न म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि एवम् स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । फुलकाे राम्रो बजारीकरण भए राम्रो आम्दानी गर्न सकिने उनिहरूकाे विश्वास रहेको छ ।

फाेटाे अनिल क्षेत्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page