तनहुँमा स्थानीय तहका शिक्षा प्रमुख एवं शिक्षा अधिकृतहरू लाई क्षमता बिकास कार्यक्रम !

तनहुँमा स्थानीय तहका शिक्षा प्रमुख एवं शिक्षा अधिकृतहरू लाई क्षमता बिकास कार्यक्रम !

तनहुँका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम् शिक्षा अधिकृतहरूका लागि दुई दिने क्षमता बिकास कार्यक्रम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईकाे आयाेजनामा भएको दुई दिने क्षमता विकास कार्यक्रममा सुपरिवेक्षण तथा कक्षा अवलोकन सम्बन्धी फारम निर्माण गरिएकाे बताइएको छ । म्याग्दे गाउँपालिकाकाे सभाहलमा कार्तिक २० र २१ गरि २ दिने क्षमता विकास कार्यशालामा १० वटै पालिकाका शिक्षा प्रमुख तथा प्रतिनिधि र इकाइका कर्मचारीहरूकाे सहभागीता रहेकाे थियाे ।


शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्ववराज कट्टेलकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा शाखा अधिकृत विश्व प्रकाश रेग्मीले स्वागत तथा इकाई प्रमुख उद्ववराज कट्टेलले कार्यक्रमकाे बारेमा सहजीकरण गरेका थिए । कार्यशाला सम्पन्न पश्चात् विद्यालय अनुगमन साधन विकास तथा कक्षा अनुगमन साधन विकास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page