सेटिङमा जुवा खेलेर कि खेल्दै नखेलेर सान्त रह्यो दमाैली !
यसपटकको तिहारमा दमाैली र आसपास काेही पनि जुवाडे पक्राउ परेनन् । हरेक वर्ष जस्तो कहीँ न कहीँ जुवाडे पक्राउ पर्ने गरेका भए पनि यसपटक काेही पक्राउ नपर्नुलाइ स्थानीयले विभिन्न टिकाटिप्पढी गरेका छन् ।
यसपटक दमाैली र आसापास साच्चिकै जुवा नैं नखेलेका हुन् ? दमाैली सान्त भएको हाे ? कि प्रहरी सँगकाे सेटिङमा खेलेर पक्राउ नपरेका हुन् ?

देशका विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सयौं जुवाडेलाई पक्राउ गरेको समाचार आइरहेकाे छ । देशभरि जुवाडे पक्राउकाे समाचार आइरहेपनी तनहुँ प्रहरीले भने दमाैली र आसपासमा ठुला जुवाडेलाइ पक्राउ गरेको छैन , बरू घुमुवा प्रहरीले चाल बुज्ने अनी थाहा नपाए जस्तो गरी फर्केर जाने गरेका छन् । त्यसाेत भिआइपी जुवा पक्राउ गरे प्रहरी प्रमुख नैं सरूवा हुनपर्ने खतरा रहन्छ ।

खासगरी बजारको वडा नं २ काे मुख्य बजार , ३ काे मुख्य बजार र देउरालीनगर तथा वडा नं ४ मा ५० देखि दुई सय रूपयाँ पइँट सम्मको जुवा खेलाउने गरिएकाे स्थानीय एक व्यक्तिले नाम नवताउने सर्तमा बताए । यी ठाउँमा बारमासे जुवा खेलाइने गरेको र त्यो घुमुवा प्रहरी सँगकाे सेटिङमा हुने गरेको बिश्वस्त श्राेतले बतायो ।
त्यसाेत गृहमन्त्री रबि लामिछाने भएको बेला प्रहरीका घुमुवा राख्न नपाइने भन्दै हटाइएको थियो । तर अहिले फेरि जिल्लामा घुमुवा प्रहरीकाे सकृयता बढ्दै गएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा बजारमा ठुलो खालको बारेमा अहिलेसम्म केही जानकारी नभएको बताइएको छ । हामीलाई जानकारी भयो भने भिआइपी भनेर छाेड्ने कुरा हुँदैन पक्राउ गर्छौ एक प्रहरी अधिकृतले भने ।
























