तनहुँबाट लागु औषध सहित १ युवा पक्राउ
तनहुँबाट लागूऔषध सहित १ युवा पक्राउ परेका छन् ।जिल्लाकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लमजुङ बेशिसहर न.पा. वडा नं. ७ बस्ने वर्ष २७ को कैलाश खत्रीलाइ प्रहरीले पक्राउ गरेको हाे ।

खत्रीलाइ Diazepam-४३ एम्पुल, Phenergan-४४ एम्पुल र Buprenorphine-४४ एम्पुल गरी जम्मा १३१ एम्पुल नियन्त्रित लागु औषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।



























