सान एजुकेशनले गर्याे राष्ट्रिय महिला फुटबल खेलाडी विमलालाइ सम्मान
सान एजुुुुकेशन कन्सल्टेन्शीले राष्ट्रिय महिला फुटबल खेलाडी विमला वि.क.लाई सम्मान गरेको छ । वि.क.लाई व्यास ४ दमाैलीमा रहेको सान एजुकेसनका सञ्चालक NJ Ali ( नजरात अलि ) ले कार्यालयमै एक कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन् । नेपालकाे राष्ट्रिय झण्डा , खादा तथा नगद एवं मायाको चिनाे दिएर सम्मान गर्दै अलिले फुटबल खेलमा अझ राम्रो खेलाडी बन्न शुभकामना दिएका थिए ।


दमाैली जस्तो ठाउँ , जहाँ खेलमैदान पनि छैन र खेल्ने वातावरण पनि छैन भन्दै उनले यस्तो अवस्थामा पनि विकले प्रगति गरेको देख्दा ज्यादै खुसी लागेको बताए । केही समय अगाडि आँफुले दमाैलीकाे फुटबल खेल बिकासकाे लागि टर्की बाट समेत प्रशिक्षक ल्याएर प्रशिक्षण दिन सुरु गरेकोमा त्यसको लागि उचित वातावरण र सपाेर्ट नपाउँदा यत्तिकै पूरा हुन नसकेको अलिले दुखेसो पाेखे ।

वि.क.लाई सम्मान गर्न पाउनु आफ्नो लागि समेत गौरवको विषय भएको भन्दै उनले अझै प्रगतिकाे शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा आँफुलाइ सम्झेर सम्मान गरेकोमा सान एजुकेसन परिवारलाई खेलाडी विकले धन्यवाद दिएकी थिइन् ।


























