गीतल प्रतिष्ठानले यस वर्ष ४ जना स्रष्टा लाई पुरस्कार तथा सम्मान गर्ने

गीतल प्रतिष्ठानले यस वर्ष ४ जना स्रष्टा लाई पुरस्कार तथा सम्मान गर्ने


“गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, द्वारा २०८१ को पुरस्कार तथा सम्मान घोषणा।
संस्थाको स्थापना दिवसको सन्दर्भ पारेर गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च तनहुँले हरेक बर्ष प्रदान गर्दै आएको विभिन्न बिधाका पुरस्कार हरु सार्वजनिक गरेको छ।
प्रतिस्ठानका पदाधिकारी एवम् पुरस्कार छनौट समितिका संयोजक तथा सदस्यको सहभागी रहेको बिशेष बैठक ले यस बर्ष २०८१ मा प्रदान गरीने पुरस्कार र पुरस्कृत स्रष्टाको नाम सार्वजनिक गरेको छ।
यस् संस्थाले प्रदान गर्दै आएको

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०८१ प्रज्ञा सरूभक्त कास्की लाई प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको रकम २५ हजार रहेको छ।

गत बर्ष बाट शुरुआत गरिएको नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार” २०८१ डा. सत्य प्रकाश तिवारी,कलकत्ता भारत लाई प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको रकम २५ हजार रहेको छ।

त्यसैगरी संस्थाले प्रदान गर्दै आएको #गीतल रास्ट्रीय पुरस्कार” २०८१ ओम रिजाल- दैलेख कर्णाली प्रदेशलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कार दस हजारको रहेको छ।

संस्थाले प्रदान गर्दै आएको #गीतल प्रतिभा पुरस्कार” २०८१ नाराण कैलाश सिग्देल भिमाद तनहुँ लाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको रकम पाँच हजार रहेको छ।

यसैगरी यस वर्षबाट थालनी गरिएको सरदार यदुनाथ खनाल सम्मान भने केही समय पछि सार्वजनिक गरीने छ। पुरस्कार तथा सम्मान यसै बर्षको २०८१ चैत मसान्तसम्म विशेष कार्यक्रमका साथ प्रदान गरीने प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page