नेपाल भूतपूर्व सैनिक क्लव दमाैलीकाे ४१ औ वार्षिकोत्सब तथा १३ औ अधिवेशन सम्पन्न

नेपाल भूतपूर्व सैनिक क्लव दमाैलीकाे ४१ औ वार्षिकोत्सब तथा १३ औ अधिवेशन सम्पन्न

नेपाल भूतपूर्व सैनिक क्लव दमाैली तनहुँकाे ४१ औ वार्षिकोत्सब तथा १३ औ अधिवेशन आइतबार दमाैलीमा सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले विभिन्न देशमा काम गरेर धेरै क्षेत्रमा अनुभव बाेटलेर आउनुभएका भूपूहरूकाे सामाजिक क्षेत्रमा ठुलो याेगदान भएको बताए । व्यास नगरपालिकाले नगर भित्र विभिन्न कामहरू गर्दै अगाडि बढेको भन्दै भूपू सैनिकहरूकाे धेरै ठाउँमा सहकार्य , सदासय र सद्भावकाे वातावरण पाएकाे बताए ।

नेपाल भूपू सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा , व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ , आवुखैरेनी गाउँपालिकाका निवर्तमान अध्यक्ष गिरबहादुर थापा , व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जीवन गुरूङ , क्लवका पुर्व अध्यक्ष क्या सन्तलाल श्रेष्ठ , उपाध्यक्ष सुवेदार सहबिर उच्चै ठकुरी , सहसचिव क्याप्टेन साेमबहादुर थापा लगायतका बक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।


उक्त अवसरमा डाेरी तानी प्रतियोगिता , म्युजिकल चेयर प्रतियोगिता भएको थियो । जसमा म्युजिकल चेयरमा मनिता थापा प्रथम भएकी छन् । यस्तै डाेरी तान्ने प्रतियोगितामा भूपू सैनिककाे टिम प्रथम भएको छ भने पतञ्जली ग्रुप द्धितिय भएकाे छ। प्रतियोगितामा प्रथम हुने टिमले ५ हजार ५ सय तथा द्धितियले २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page