सुदिपले गरे विद्यार्थीहरूलाई स्विटर र माेजा वितरण
सामाजिक अभियान्ताकाे पहिचान बनाएका व्यास नगरपालिका वडा नं २ का युवा सुदिप गफ्फारले तिहार मा देउसी भैलो खेलेर उठेको ४० हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गरेका छन् ।
युवा सुदिपले ब्यास ११ स्थित मूलपानीमा रहेको श्री चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत २४ जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गरेका हुन् ।

तिहारमा देउसी भैलो खेलेर आएको रकम बाट विपन्न विद्यार्थीहरूलाई स्विटर वितरण गरेको र करिब २ सय जना विपन्न बिद्यार्थीहरु लाई स्विटर वितरण गर्ने उद्देश्य रहेको सुदीपले बताए ।

























