कर्मदा मावि भानुका विद्यार्थीहरू आलु खेतीतर्फ आकर्षित !

कर्मदा मावि भानुका विद्यार्थीहरू आलु खेतीतर्फ आकर्षित !


तनहुँकाे भानु ९ पुर्काेट स्थित श्री कर्मदा मावि वाइसजंगारका विद्यार्थीहरू आलु खेतीतर्फ आकर्षित भएका छन् । विद्यार्थीहरूले स्थानीय अभिभावकहरूको जग्गामा आलु खेती गरेका विद्यालयले जनाएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई होस्टेलमा राखी अध्यापन गराउने क्रममा उनीहरूको उपभोग र सुविधाका लागि आलु खेती गरिएको हो । विद्यार्थीले २ रोपनी जग्गामा ७० किलो आलु रोपेका छन् भने अन्य थप जग्गामा विभिन्न खालका तरकारीहरू लगाएका छन् ।

बाँझो/खाली रहेको जग्गामा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत उनिहरू लाई श्रममा जाेडिएकाे बिद्यालयले जनाएको छ । बालबालिकालाई सानै उमेरदेखि श्रमप्रति सम्मान गर्ने, श्रम र कृषिको महत्त्व बुझाउने र गाउँघरमा खाली रहेको जग्गामा कृषि कर्मबाट उत्पादन वृद्धि गरी व्यवसायिक हिसाबले आयआर्जनको माध्यम बनाउने बिद्यालयकाे साेच रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page