सनिवार दमाैलीमा रास्वपाकाे जिल्ला भेला हुने
यही मंसिर १५ गते सनिवार राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे जिल्ला भेला हुने भएको छ । तनहुँ उद्योग बाणिज्य संघको हलमा हुने उक्त भेलामा रास्वपा उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डाक्टर स्वर्णिम वाग्ले लगायतका नेता आउने भएका छन् ।

भेलामा सहभागी हुन रास्वपा तनहुँले जिल्लाका नेता , कार्यकर्ता , शुभचिन्तक र आम जनसमुदायलाई आव्ह्वान गरेको छ ।

























