खबरदारी सभा र वडा सम्मेलन गर्न गाउँ पुगेको माओवादीमा सदस्यता लिनेकाे संख्या बढ्दै

गत मंगलबार सम्पन्न नेकपा (माओवादी केन्द) र जिल्ला समन्वय समिति तनहुँको नवौं पूर्ण बैठककाे निर्णय अनुसार उक्त पार्टी हाल संगठन विस्तार र वडाका कार्यक्रममा व्यस्त छ ।

तनहुँका दश वटा पालिका र ८५ वटा वडामा खवरदारी सभा तथा सम्मेलन गर्ने निर्णय गरेको माओवादीले अहिले कार्यकर्ता , मतदाता एवम् सर्वसाधारणसँग भेटघाट लाई तिव्रता दिएको छ । सरकारले गरेको भष्ट्राचार,अनियमितता,धोकाघरी र गद्धारी कार्यको भण्डाफोर गर्दै गाउँमा पुगेको माओवादी प्रति जनताको लहर आएकाे उक्त पार्टीका नेताहरूले दावी गरेका छन् । यसैबीच जिल्लाका विभिन्न वडामा सम्मेलनका क्रममा पुगेको माओवादीमा पार्टी प्रवेश गर्नेहरू समेत बढ्दै गएको बताइएको छ ।
यस्तै पार्टीको ब्यास -१ को वाड सम्मेलन मार्फत नारायण थापाको सभापतित्वमा ११ सदस्यीय वाड समिति सर्वसम्मत निर्बाचित भएको निर्बाचन संयाेजक तिलबहादुर थापाले बताए । उक्त्त कार्यक्रममा विभिन्न दलमा रहेका १० जना लाइ पार्टी सदस्यता वितरण गरिएको पार्टीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page