पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा आधा दर्जनकाे चर्चा

पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा आधा दर्जनकाे चर्चा


नेपाल पत्रकार महासंघ तनहुँकाे अधिवेशन नजिकिए सँगै अध्यक्षका दाबेदारहरूकाे बारेमा चर्चा सुरु भएको छ । यही मंसिर २८ गते हुने निर्वाचनमा खासगरी अध्यक्षमा प्रेस युनियन , प्रेस चाैतारी र प्रेस सेन्टरबाट आधा दर्जन पत्रकारहरूकाे चर्चा चलेको छ ।
प्रेस युनियनका तर्फबाट युनियनका अध्यक्ष गाेरा मिया , निवर्तमान अध्यक्ष अमरराज नहर्की र महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीकाे नाम चर्चामा छ ।

यद्यपि यस बाहेक सर्वसम्मतकाे अवस्थामा पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारीकाे नाम पनि उत्तिकै चर्चामा छ । अधिकारीले यस अगाडि आधा कार्यकाल मात्रै संघको नेतृत्व लिएकाेले एकपटक पूरा कार्यकाल अध्यक्ष बनाउनुपर्ने उनी निकटका पत्रकारहरूले आवाज उठाएका छन् , तर स्वयं अधिकारीले भने यस बारेमा मुख खाेलिसकेका छैनन् ।
युनियनबाट चर्चामा रहेका गाेरा मिया यस अगाडि पनि अध्यक्षमा पराजित भएका थिए । उनलेे आँफुले हारेको भन्दापनी हराइएकाेले पुन एकपटक अवसर पाउनुपर्ने बताइरहेका छन् ।
अर्का चर्चामा रहेका युनियनका पुर्व अध्यक्ष नहर्कीले युनियनको अध्यक्ष महासंघको उम्मेदवार बन्ने प्रचलन रहँदारहँदै पनि आफ्नाे पालामा साथीहरूकाे लागि त्याग गरेकोले यसपटक आफुले पाउनुपर्ने बताएका छन् । यस्तै अर्का दाबेदार डिपी अधिकारीले आफु हाल महासंघको उपाध्यक्ष भएकोले जाने ठाउँ अध्यक्ष मात्रै रहेकाेले युनियनको तर्फवाट आफुले उम्मेदवारी दिन पाउनुपर्ने बताएका छन् । सदरमुकाम भन्दा बाहिर माेफसलबाट दिँदा सकारात्मक सन्देश जाने भएकोले पनि युनियनले आफुलाइ उठ्न दिनुपर्ने बताए ।

यता युनियन भित्र धेरै जना आकाँक्षी रहेपनी प्रेस चाैतारीमा भने नारायण खड्काको मात्रै चर्चा छ । उनले यसपटक आँफु पुरानो र क्रियाशील पत्रकार रहेकोले अवसर पाउनुपर्ने बताएका छन् ।
यद्यपि जिल्लामा युनियन र चाैतारीबाट अध्यक्षकाे दाबेदारीमा आआफ्नाे दावी र चर्चा रहेपनी केन्द्र बाट गठवन्धनकाे अवस्था आयाेभने कसको भागमा कुन कुन पद पर्छ भन्न नसकिने अवस्था छ । यदि युनियन र चाैतारीकाे गठवन्धन भएमा प्रेस सेन्टर बाट अध्यक्षकाे प्रतिस्पर्धिमा साने बहादुर नेपालीको चर्चा छ । उनलेे गठवन्धन या अन्य अवस्थामा चुनावकाे लागि भिड्न तयारी अवस्थामा रहेको र तत्कालीन वातावरण अनुसार तय हुने प्रतिक्रिया दिएका छन् ।
हाल पत्रकार महासंघ तनहुँमा ५१ जना मतदाता छन् ।

केही दिन अगाडि प्रकाशित अन्तिम नामावलीमा भएका ५१ जनामा २८ जना युनियन निकट र बाँकी चाैतारी र सेन्टर निकट रहेको देखिन्छ । केही युनियनका सदस्यहरूले भने स्पस्ट बहुमत रहेको अवस्थामा कसैसँग नमिली एक्लै चुनावमा जानुपर्ने बताइरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page