दुवुङ भिरपानी र रिजाल्दी खानेपानीकाे ऋषिङ्ग अध्यक्ष श्रेष्ठले गरे उद्घाटन

दुवुङ भिरपानी र रिजाल्दी खानेपानीकाे ऋषिङ्ग अध्यक्ष श्रेष्ठले गरे उद्घाटन


तनहुँकाे ऋषिङ्ग गाउँपालिका वडा नं ३ स्थित दुवुङ भिरपानी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयाेजनाकाे ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष श्रेष्ठले संघीयता अघिकाे ऋषिङ र अहिलेकाे ऋषिङ्गमा बिकासकाे दृष्टिकोणले धेरै अगाडि बढेको बताए । ऋषिङ्गलाइ समृद्ध र उज्यालो बनाउने अभियानमा आँफु र सिङ्गो टिम लागिरहेको उनको भनाइ छ । एक घर एक धारा पालिकाकाे धेरै ठाउँमा सम्पन्न भइसकेको र केही ठाउँमा काम हुँदै गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाकाे सहित १ करोड २२ लाखको लागतमा निर्मित उक्त आयाेजनाबाट १ सय १० घर धुरी लाभान्वित हुनेछन् भने प्रत्येक घर धुरीमा धारा जडान गरिएको छ ।
यस्तै ऋषिङ्ग गाउँपालिकाको ३७ लाख ४७ हजार लागतमा सम्पन्न रिजाल्दी लिफ्टिङ्गको समेत आज एक कार्यक्रमका बिच अध्यक्ष एवं नेपाली काँग्रेस तनहुँका उप-सभापती राजेन्द्र कृष्ण श्रेष्ठले उद्वघाटन गरेका थिए । यस योजना सम्पन्न हुँदा रिजाल्दीका ३६ घरमा एक घर एक धारा हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page