शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पञ्चमुनिदेव लाइ

शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पञ्चमुनिदेव लाइ

शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ । गतबर्षको विजेता पञ्चमुनिले यस बर्ष १५ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधि रक्षा गरेको हो ।
जितसंगै पञ्चमुनिले नगद २० हजार साथमा रनिङ शिल्डको उपाधि प्राप्त गरेको छ । 

 यसैगरी प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालय द्धितीय भएको छ । जहाँ तालबेसीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पारेको थियो । जितसंगै तालवेसीले नगद १५ हजार साथमा शिल्ड प्राप्त गरेको छ ।  प्रतियोगितामा नेपाल पुलिस स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दै तृतीय भएको छ ।प्रतियोगितामा तृतीय भएको पुलिस स्कुलले नगद १० हजार साथमा शिल्ड प्राप्त गरेको छ !

३ दिनसम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा गाउँ फर्कोदय माविले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक, अरनिको मावि खैरेनीटारले १ स्वर्ण, ५ रजत र ५ कास्य पदम, खैरेनी माविले १ स्वर्ण, १ रजत र ९ कास्य पदक, आधारभूत माविले १ स्वर्ण, १ कास्य र बालविद्या मन्दिर माविले १ स्वर्णपदक हात पारेको छ ।
यस्तै प्रतियोगितामा जनप्रेमी माविले २ रजत र ३ कास्य पदक, सरस्वती मावि, हंशबाहिनी मावि र जनकल्याण माविले १र१ रजत पदक, लोटसबर्ड, सहिदकृष्ण मावि, कुश्मावति मावि र सूर्यदय माविले सबैले समान १ / १ कास्य पदक हात पारेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page