म्याग्दे गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

म्याग्दे गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

म्याग्दे गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा परिचयपत्र वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीकाे प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे २ कि साधना रानाभाट लाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालयबाट म्याग्देमा ३४६७ वटा परिचयपत्र आएको छ । अब गाउँपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । जिल्लामा अत्याधिक भिडभाड भइरहेको अवस्थामा अब स्थानीय तहबाटै वितरण गर्दा सर्वसाधारणजनतालाई सहज हुने अध्यक्ष श्रेष्ठले बताए । यही ९ गतेदेखि गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिने पण्जिकरण शाखा प्रमुख एककुमार श्रेष्ठले बताए । ९ गतेसम्म सबै प्रक्रिया पूरा गरिने र सर्वसाधारण लाइ वितरण सुरु गरिने श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसको लागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको थालनी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए । राष्ट्रिय परिचयपत्र म्याग्देमा वितरण सुरु भए सँगै अब तनहुँका व्यास र भानु बाहेकका ८ वटा स्थानीय तहमा याे सुविधा पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page