जनगणपति प्राविधिक शिक्षालयका बिद्यार्थीहरू तरकारी तथा च्याउ खेती तर्फ !

जनगणपति प्राविधिक शिक्षालयका बिद्यार्थीहरू तरकारी तथा च्याउ खेती तर्फ !


म्यादे गाउँपालिकाकै एक मात्र प्राविधिक शिक्षालय श्री जनगणपति प्राविधिक शिक्षालयमा अध्यनरत बिद्यार्थीहरू अर्गानिक तरकारी तथा च्याउ खेतीकाे प्रयाेगात्मक अभ्यासमा लागेका छन् । प्रि डिप्लोमा तथा डिप्लोमा तह पाँचाैँ सेमेष्टरका शिक्षार्थी विद्यार्थीहरूद्वारा विद्यालयले भाडामा लिएकाे जग्गामा आन्तरिक मूल्यांकन कार्य ( परियोजना कार्य ) मा सहभागी भई करेसाबारीमा अर्गानिक तरकारी राेप्ने काम गरेको बिद्यालयका प्रअ रबि पाेख्रेलले बताए ।

बिद्यालयले पशु तथा कृषि दुबै क्षेत्रमा समय समयमा विद्यार्थी लाई फिल्डमा लगी परियाेजना कार्य गराई सिकाईकाे दायरा फराकिलो बनाउदै दक्ष, आत्मनिर्भर र स्वाबलम्बी नागरिक उत्पादन गर्ने महत्त्वपूर्ण कार्य गर्दै आएकाे प्रअ पाेख्रेलले जानकारी दिए ।

यस्तै बिद्यालयले केही दिन अगाडि प्राविधिक धार तर्फका डिप्लोमा तथा प्रि डिप्लोमा र कक्षा ८,९ र १० का विद्यार्थीहरुकाे पुर्ण सक्रियतामा च्याउ उत्पादनकाे लागि प्रयाेगात्मक अभ्यास गराएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page