भानु नगर महोत्सवकाे शैक्षिक सामग्री प्रदर्शनीमा उत्कृष्ट हुनेलाइ नगद पुरस्कारको व्यवस्था
पौष ९ गतेदेखि १९ गतेसम्म भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु १ भन्सारमा हुने प्रथम भानु नगर महोत्सवमा शैक्षिक सामाग्री प्रदर्शनीको समेत स्टल राखिने भएको छ । महोत्सवमा अन्य वस्तुको स्टलका साथसाथै महोत्वसलाई शिक्षक विद्यार्थीको आकर्षण बढाउन र बालबालिकाको प्रतिभाको कदर तथा प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा स्टलमा माध्यमिक विद्यालय स्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शन समेत गर्न लागिएको हाे । उक्त सामग्री प्रदर्शनका लागि मात्र नभई प्रतियोगितात्मक समेत हुने भएकोले यसमा बालबालिकाहरुलाई उत्प्रेरित र प्रोत्साहन गरिदिनु हुन विद्यालयका प्रधानाध्यापक तथा विज्ञान शिक्षकहरुलाई आयाेजकले विशेष अनुरोध गरेको छ ।

विद्यार्थीले निर्माण गरेका सामग्री ढुवानीका लागि नगर उद्योग वाणिज्य संघको तर्फबाट यातायातको प्रबन्ध हुने, प्रदर्शनीमा आउने शिक्षक तथा विद्यार्थीहरुका लागि प्रवेश शुल्क नलाग्ने, निजहरुलाई खाजाको प्रबन्ध गरिने र स्वतन्त्र मूल्याङ्कनकर्ताहरुबाट मूल्याङ्कन भई पुरस्कृत हुने समेत भए पछि यसतर्फ बिद्यार्थीकाे आकर्षण बढ्ने ठानिएको छ । त्यतिमात्रै हाेइन महाेत्सव प्रदर्शनीमा प्रथम , द्धितीय तृतीय तथा सान्त्वना हुनेलाइ क्रमश
प्रथम पुरस्कार रु ८००० र प्रमाणपत्र
द्वितीय पुरस्कार रु ६००० र प्रमाणपत्र
तृतीय पुरस्कार रु ४००० र प्रमाणपत्र एवम्
सान्त्वना पुरस्कार रु ३००० र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै महोत्सव भ्रमणका लागि विद्यार्थीहरु आफ्नो विद्यालयको पोशाकमा आएमा प्रवेश शुल्कमा ५० प्रतिशत छुटकाे समेत आयाेजकले व्यवस्था गरेको छ ।

























