सुनको मूल्य घट्यो , प्रतिताेला एक लाख ४८ हजार ५ सय !
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।
बुधबारदेखि निरन्तर घटेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

बिहीबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
























