सार्वजनिक यातायातको भाडा बढ्यो !

सार्वजनिक यातायातको भाडा बढ्यो !

यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । 

विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।
श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा भएको मूल्यवृद्धि तथा सरोकारवाला पक्षसँगको परामर्शमा सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाइएको विभागको दावी छ।

यसअघि सरकारले २०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page