प्रेस सेन्टर तनहुँकाे अध्यक्षमा अस्मिता
प्रेस सेन्टर नेपाल तनहुँको पाँचौ जिल्ला अधिवेशन सुक्रवार सम्पन्न भएको छ । शुक्लागण्डकी नपा स्थित झाँगाझुलिमा भएको अधिवेशनबाट अध्यक्षमा अस्मिता खनाल सर्वसम्मत चयन भएकी छन् ।

समितिकाे उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, सहसचिवमा सुष्मा गुरुङ र कोषाध्यक्षमा सावित्री कोइराला सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।

























