प्रथम जलदेवी कप फुटबलकाे उपाधि आयाेजक जलदेवीलाइ

प्रथम जलदेवी कप फुटबलकाे उपाधि आयाेजक जलदेवीलाइ

व्यास नगरपालिका वडा नं ५ स्थित पतेनी ठुलोटारमा भएको प्रथम जलदेवी कप फुटबल प्रतियोगिता २०८१ काे उपाधि आयाेजक जलदेवी युवा क्लवले जितेको छ । जलदेवी युवा क्लव म्याग्दे १ बाख्रेकाे आयाेजनामा पाैष २६ गतेदेखि माघ १ गतेसम्म भएको जलदेवी कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे फाइनल खेलमा गुरूङ व्वाइजलाइ पराजित गर्दै आयाेजकले उपाधि जितेको हाे ।

उपाधि जितेसँगै जलदेवीले ५५ हजार ५ सय ५५ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा द्धितीय हुने गुरूङ व्वाइजले ३३ हजार ३ सय ३३ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम तथा द्भितीय हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि चाम थापाले पुरस्कार वितरण गरेका थिए ।


पुरस्कार वितरण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि थापाले खेलकुदले युवाहरूलाई अनुशासनमा राख्ने भन्दै स्थानीय स्तरका खेलले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताए । खेलकुद क्षेत्रकाे बिकासकाे लागि राज्यका तिनवटै सरकार गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
क्लवका अध्यक्ष मदन गुरूङकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page