तनहुँ महाेत्सवमा आज पशुपति शर्मा , प्रिती आले , म्याकुरी लगायतका कलाकार आउने
तनहुँ महोत्सवकाे सातौ दिन आज चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ । चर्चित गायक पशुपति शर्मा, कमेडिएन म्याकुरी, गायिका प्रीति आले, भीम विष्ट, कमेडियन सुन्दरमणी खनाल, गायिका शान्तिश्री परियार , गायक वसन्त विक र समृद्धि परियार लगायतले प्रस्तुति दिन महाेत्सवमा आउने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले बताए ।

यसैबीच नवौ तनहुँ महोत्सवमा सबैभन्दा धेरै मङ्गलबार दर्शकको भीड लागेको छ। माघे सङ्क्रान्ति पर्व र सार्वजानिक बिदा भएकोले एकै दिन १२ हजार देखि १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । छैटौं दिन मङ्गलबार सम्ममा करीव ५५ हजार दर्शकले अवलोकन गरेको र दुई करोडको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

महोत्सवमा गायक सन्जिव सिंह रानाले मुग्लिनको ‘बाटोमा धुलो उडाउँदै…’ बोलको गीत गाउँदा नाच्ने दर्शकको भीड लागेको थियो । यस्तै वान टु म पनि जान्छु , ए मेरो मामा बोलको गीत गाएर उनलेे दर्शकलाइ नचाएका थिए । गायक रानाले धन मागे त छैन मन मागेमा दिउँला बोलको भावुक गीत समेत गाएका थिए । महोत्सवमा साँझ कुमार सागर व्याण्डको प्रस्तुति रहेको थियो ।
























