नेपाल निजामती कर्मचारी संगठन तनहुँको अध्यक्षमा भगवान त्रिपाठी चयन
नेपाल निजामती कर्मचारी संगठन तनहुँको १२ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा भगवान त्रिपाठी चयन भएका छन् । ब्यास नगरपालिका वडा नंं १० छाङ्ग बाराही मन्दिर परिसरमा भएकोे संगठनकाे अधिवेशन तथा पिकनिक कार्यक्रमबाट त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हाे ।
समितिकाे उपाध्यक्ष खुलामा भोजहरी रानाभाट, महिलाः हममाया पुन,सचिवमा विष्णु खत्री क्षेत्री, सह सचिवः प्रितम थापा, कोषाध्षक्षः रमाकान्त खनाल चयन भएका छन् । यस्तै सदस्यहरुः भावना ढकाल, निशा रानभाट,अन्जु बसौला,उमा किरण तिवारी, पदम थापा, नविन कुमार श्रेष्ठ, मनप्रसाद नेपाली, तिलक रानभाट, झलक नारायण ठकुरी,रोसन मल्ल ठकुरी, पुष्प राज गिरी, पुष्पहरी रानाभाट, अनिल त्रिपाठी र श्याम प्रसाद सापकोटा रहेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँका अध्यक्ष रुद्र सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, , तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भवानी दाहाल,नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश ईन्चार्ज घनश्याम सापकोटा, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल,सचिव प्रदिप राज अधिकारी, उप सचिव खिम कुमाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारी,केन्द्रीय सचिव वामदेव ओली, केन्द्रीय सचिव राज बहादुर पछाई, पेशागत महासंघ नेपाल गण्डकी प्रदेशका महासचिव वैकुण्ठ नाथ आचार्य, पूर्व स्थायी कमिटि सदस्य स्थानीय कर्मचारी संघका पूर्व महासचिव तथा वुद्दिजिवी परिषद्का केन्द्रीय सदस्य सुनिल पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अधिबेशनले नेपाल निजामती कर्मचारी संगठनको विधान २०६४ को (११औं संसोधन) को दफा १९ उपदफा २ (क) अनुसार त्रिपाठीको अध्यक्ष्यतामा नयाँ कार्यसमिति गठन गरेको हाे ।
























