पालुङटार नपाको आयोजनामा अन्तर स्थानिय तह १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिल्ला खेलकुद विकास समिति गोरखाकाे आयोजना तथा पालुङटार नगरपालिकाको सह-आयोजनामा अन्तर स्थानिय तह १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को पहिलो दिन सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह बस्नेत-(शान्ता) काे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे एवम् प्रथम महिला विना पाण्डे रहेका थिए । उक्त कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगर , पालुङटार नगरपालिका नगर प्रमुख विवस चिन्तन , गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना लगायतका रहेका थिए ।

यस्तै उक्त कार्यक्रममा पालुङटार नगरपालिकाको नगर उप-प्रमुख वन्दना पाण्डे , गोरखा जिल्ला भित्रका विभिन्न स्थानिय तह प्रमुख/अध्यक्षहरु, उप-प्रमुख/उपाध्यक्ष ज्यूहरु, प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख, सशत्र प्रहरी प्रमुख, राष्ट्रिया अनुसन्धान गोरखा प्रमुख, पालुङटार नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिं थापामगर, पा.न.पा शिक्षा शाखा प्रमुख पूर्ण बहादुर नेपाली, गो.न.पा शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का, पा.न.पा वडा अध्यक्षहरु, गोरखा जिल्ला भित्रका विभिन्न स्थानिय तहका वडा अध्यक्ष हरु, विभिन्न स्थानिय तहका शिक्षा शाखा प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि हरु, गोरखा क्याम्पस- क्याम्पस प्रमुख नवराज पाण्डे , गोरखा उद्योग बाणिज्य संघ अध्यक्ष भगवान बाबु मास्के , भवानी बहुमुखी क्याम्पस प्रमुख बिष्णु प्रसाद आचार्य , वि.व्य.स. अध्यक्ष भवानी मा.बि प्रेम बहादुर गुरुङ , प्र.अ. भवानी मा.बि. ओजराज गिरी , जिल्ला स्थित विभिन्न विद्यालयका प्र.अ, प्रतिनिधि तथा शिक्षकहरुकाे उपस्थिति रहेको थियो ।

यस्तै पा.न.पा उद्योग बाणिज्य संघ अध्यक्ष मान बहादुर आले , पा.न.पा रेड्क्रस शाखा सभापति दुर्योधन अधिकारी , रेफ्री तथा भलिबल संघ जिल्ला अध्यक्ष कृष्ण गुरुङ , रेफ्री तथा भलिबल संघ जिल्ला सचिव राजु बाबु श्रेष्ठ तथा अन्य रेफ्रीहरु, एथ्लेटिक्स तर्फका रेफ्री , कबड्डी तर्फका रेफ्रीहरूकाे आतिथ्यता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन विभिन्न खेलहरु (३००० मि. दौड (छात्र/छात्रा), २०० मि.दौड (छात्र/छात्रा), लङजम्प(छात्र/छात्रा), भलिबल(छात्र/छात्रा), कबड्डी(छात्र/छात्रा), ४०० मि.दौड (छात्र/छात्रा)) खेलाइ सम्पन्न भएको छ।
























