लेखापढी कानून व्यवसायी एशोसिएन तनहुँको अध्यक्षमा थापा

लेखापढी कानून व्यवसायी एशोसिएन तनहुँको अध्यक्षमा थापा

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन तनहुँको ३० औं साधारण सभा तथा १२ औं जिल्ला अधिवेशन दमौलीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले बेनिबहादुर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।
खसेको कूल एक सय आठ मतमध्ये थापाले ४१ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रतिस्पर्धी द्वय तारा रानाभाटले ३६ र संंञ्जय गुरुङले २९ मत प्राप्त गरेकाे निर्वाचन समितिका संयोजक बिजय अधिकारीले जानकारी दिए । उनका अनुसार २ मत बदर भएको थियो । 
समितिकाे उपाध्यक्षमा तीर्थराज भट्टराई निर्विरोध चयन भएका छन् ।  सचिवमा डम्बरराज ओलिया ( प्रकाश ) ले ६१ मत ल्याएर बिजयी भए । सहसचिवमा इन्दिरा अधिकारी, कोषाध्यक्षमा मन्जु न्यौपाने र सहकोषाध्यक्ष कालीबहादुर अधिकारी सर्वसम्वत चयन भएको बताइएको छ ।

त्यसैगरी सदस्यमा गजेन्द्रसिं गिरी,प्रदीपराज लामिछाने,प्रमोद खनाल,सरस्वती खनाल,सुनिता सुवेदी,सुशिला जिसी,सन्तोषी श्रेष्ठ निर्वार्चित भएका छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page