महेन्द्र मावि गुणादीकाे स्वर्ण जयन्ती सम्पन्न
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित महेन्द्र माध्यमिक बिद्यालयकाे स्वर्ण जयन्ती एवम् ५० औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व मन्त्री एवं संघीय सांसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा ५०औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न भएको हाे । प्रमुख अतिथि भण्डारीले विद्यमान शैक्षिक समस्या र शैक्षिक क्षेत्रमा महेन्द्र माध्यमिक विद्यालयको योगदानको बारेमा चर्चा गर्दै विद्यालयका सरोकारवालाहरुको उत्कृट चाहना,आवश्यकता र समयको माग बमोजिम प्राविधिक शिक्षा सञ्चालनार्थ विद्यालयलाई अनुमति दिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालयको समग्र विकासमा पालिकाको तर्फबाट सक्दो सहयोग गर्दै आइरहेको र त्यसलाई निरन्तरता दिदै जाने उद्घोष गरे ।
कार्यक्रममा पालिकाका पूर्व अध्यक्ष माया देवी राना,वडा अध्यक्षहरू मणिभद्र वाग्ले,बसन्त श्रेष्ठ,दिपक श्रेष्ठ, पूर्व वडा अध्यक्ष शिवशरण वाग्ले,शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेल,राष्ट्रिय परीक्षा वोर्डका पूर्व परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठ,गण्डकी प्रदेशका पूर्व प्रहरी प्रमुख (पूर्व डिआइजी) विकास राज खनाल,पूर्व प्र.अ.विजयराज खनाल,विव्यसका पूर्व अध्यक्ष विन्दु खनाल,पूर्व वडा सदस्य विनोद खनाल,बाल योगेश्वर महाराज श्री,अक्षयकोष दाताहरुमध्येबाट स्थानीय शिक्षाप्रेमी तथा वु्द्धिजिवी बलभद्र वाग्ले,नेलोखेसंघका अध्यक्ष दुर्गा राज थापा,विव्यस सदस्य गोपी खनाल लगायतले विद्यालयले खेलेको भूमिका र अपेक्षा सहित कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा प्रमुख अतिथि भण्डारीले महेन्द्र स्वर्णस्मारिका-२०८१ को विमोचन र स्वर्णजयन्ती स्तम्भ ( सौजन्य: विष्णुकुमारी रानाभाट) को अनावरण समेत गरेका थिए । कार्यक्रममा अक्षयकोषका स्थापना कर्ता रामलाल श्रेष्ठ ( हाल काठमाण्डौं) र सबै अक्षयकोष स्थापनाकर्ताहरु,जग्गा दाताहरु,पूर्व प्रअ.तथा पूर्व शिक्षकहरु लगायत विद्यालयको समुन्नतिमा योगदान पुर्याउने हरुलाई सम्मान/कदर पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा छात्रछात्राहरुद्वारा प्रस्तुत गरिएका पिटी लगायतका सांस्कृतिक प्रस्तुतिले समग्र कार्यक्रमलाई थप रोमान्चित तुल्याएको थियो।
कार्यक्रममा बिद्यालयका प्र.अ.सोमबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष भूपेन्द्र आलेले कार्यक्रममा सरिक प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीको अध्यक्षता तथा विद्यालयका शिक्षक द्वय उमादेवी भट्टराई र कल्पना वाग्लेद्वारा उद्घोषण र सहायक प्र.अ.श्रीकान्त घिमिरेद्वारा स्वागत गर्दै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
























