रत्न मावि म्याग्देकाे ६६ ओैं बार्षिकाेत्सव सम्पन
तनहुँकाे म्याग्दे गाउँपालिका-६ क्षेत्रेभञ्ज्याङ्गमा रहकाे रत्न माध्यमिक विद्यालयकाे ६६ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समाराेह सम्पन्न भएको छ ।

विद्यालयले विद्यार्थीकाे प्रतिभा प्रष्फुटन साथै पुरस्कार वितरण कार्यक्रम गरि भव्यताका साथ उत्सव मनाएकाे छ । वार्षिकोत्सब कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिका वडा नं-६ का वडाध्यक्ष हिरालाल गुरूङले विद्यार्थी, शिक्षक र अभिभावककाे संयुक्त प्रयासबाट मात्रै शैक्षिक उपलब्धि हासिल गर्न सक्ने बताए । ग्रामीण स्तरमा रहेकाे विद्यालयबाट अध्ययन गरेर अगाडि बढेका विद्यार्थीहरू देशकाे सेना, प्रहरी, प्रशासक, जनप्रतिनिधि जस्तो उच्च ओहाेदामा पुग्न सफल भएकाे भन्दै उनलेे अझै प्रगतिकाे शुभकामना व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका कार्यपालिका सदस्य जानकी थापा, गाउँपालिकाका वडा सदस्य वुद्धिबहादुर थापा, विष्णुमाया काेइराला, अनु महत श्रेष्ठ, शुक्लागण्डकी-७ का वडा सदस्य राजबहादुर थापा, विद्यालयका प्रधानाध्यापक भाेजराज बास्तोला, विद्यालयका पूर्व प्रधानाध्यापक रमेश वावु भट्टराई, महेश्वर भट्टराई, अभिभावक पूर्व विद्यार्थी विश्व नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालक शिक्षक पशुपति अर्यालले गरेका थिए ।
























