उदय माध्यमिक विद्यालयकाे ४९ औं बार्षिकोत्सव सम्पन्न

उदय माध्यमिक विद्यालयकाे ४९ औं बार्षिकोत्सव सम्पन्न

व्यास ५ ठुलोटार स्थित उदय माध्यमिक विद्यालयकाे ४९ औं बार्षिकोत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।
वार्षिकोत्सब कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुन्दर वाग्लेले उद्घाटन गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबै लाग्नुपर्ने बताए । प्रतिस्पर्धाको युगमा समयले माग गरेअनुसारको विद्यार्थी उत्पादनमा शिक्षक लाग्नुपर्ने उनको भनाइ थियो । शिक्षक पुरुषोत्तम पण्डितले स्वागत गरेको कार्यक्रममा प्रधान अध्यापक जीवनाथ पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा विद्यालयबाट सञ्चालित विभिन्न क्रियाकलापमा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयमा स्थापित अक्षय कोषबाट गरिब तथा जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको बताइएको छ ।

सोही अवसरमा विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा भएको खर्च शिक्षक राजु ढकालले बेहोर्ने प्रतिबद्धता जनाएको भन्दै विद्यालय परिवारले शिक्षक ढकाललाई धन्यवाद व्यक्त गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप न्यौपानेको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिक्षक द्वय राजु ढकाल र रञ्जना सुति न्यौपानेले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page