एमाले शुक्लागण्डकी नगर कमिटी द्वारा जेष्ठ नागरिकलाइ न्यानो कपडा तथा फलफूल वितरण
नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले जेष्ठ नागरिकहरूलाइ न्यानो कपडा तथा फलफूल वितरण गरेको छ । एमाले नगरकमिटीले शुनपा ५ झरौटा स्थित बृद्धआश्रम केन्द्रमा रहेका बा आमालाई न्यानो कपडा , फलफूल तथा खाद्यान्न वितरण गरेको हाे । देश र जनताको मुक्तिको निम्ति आफ्नो प्राण आहुति गर्नु हुने सच्चा शहीदको योगदानको उच्च मूल्याङ्कन र सम्मानको निम्ति आयोजित सहयोग हस्तान्तरण कार्यक्रम नगर अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको थियो ।

पार्टी केन्द्रिय सदस्य सबिता रसाइलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य कमल ढकाल , जिल्ला उपसचिव खिम बहादुर कुमाल , पार्टी जिल्ला कमिटी सदस्यहरु नगर कमिटी पदाधिकारी सचिवालय सदस्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन नगर सचिब तिर्थराज खनालले र स्वागत उपाध्यक्ष लोकनारायण श्रेष्ठ ले गरेका थिए ।

























