बरादिमा बस दुर्घटना
पृथ्वीराजमार्ग स्थित तनहुँकाे बरादिमा बस दुर्घटना भएको छ । दमाैली बाट मुग्लिन जाँदै गरेको २९९९ नम्बरको बस बरादिमा दुर्घटनामा परेको हाे ।

दुर्घटनामा बसका यात्रुहरू गम्भीर घाइते भएको र उद्धार हुँदै गरेको तथा अस्पताल लाने क्रममा रहेकोले थप क्षतिकाे विवरण आइसकेकाे छैन । माेटरसाइकल जाेगाउन खाेज्दा बस दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

























