अर्चले युवा क्लव भानुको फुटबल प्रतियोगिता फागुन ३ गतेबाट हुने
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १२ मा रहेकाे अर्चले युवा क्लबले आयोजना गर्दै आएको “अर्चले फुटबल कप–२०८१” को छैटौं संस्करणकाे खेल फागुन ३ गते देखि हुनेभएको छ ।

“युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता , सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता” भन्ने मुल नाराका साथ छैटौं अर्चले फुटबल कप–२०८१ आगामी फाल्गुण ३ गतेबाट १० गतेसम्म सञ्चालन गरिने आयोजक मुल समारोह समितिले जानकारी दिएको छ ।

समाजका विभिन्न क्षेत्रमा छरिएर रहेका खेल प्रतिभाले भरिपूर्ण खेलाडीहरुलाई एकिकृत गर्दै स्वच्छ, स्वस्थ एवं मैत्रीपूर्ण खेल प्रदर्शन गराउने उद्देश्यका साथ अर्चले युवा क्लबले स्थापना कालदेखि नै विभिन्न प्रकारका खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको क्लबले जनाएको छ ।
तनहुँ, लम्जुङ, गोरखा, कास्की, चितवन लगायत विभिन्न जिल्लाका गरी ४० भन्दा वढी युवा क्लबहरुको उत्साहजनक सहभागिता रहने, ४ सय भन्दा वढी खेलाडीहरु बीच प्रतिस्पर्धा रहने गरी बृहत तयारी सुरु गरिएको समेत क्लबले जानकारी दियो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ६० हजार कप, प्रमाणपत्र , प्रशंसा पत्र , मेडल , द्धितीय हुने समूहले नगद ८० हजार नगद सहित प्रमाणपत्र , ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
7 A साईडकाे उक्त प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, हरेक खेलको उत्कृष्ट खेलाडी लगाएतका विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले जानकारी दिए ।
साथै सोही अवसरमा ३० वर्ष माथिको पुरुष समूहहरू बीच समेत मित्रवत प्रतिस्पर्धा समेत गराउने तयारी रहेको अध्यक्ष गुरुङले बताए।
























