२७ बर्ष देखि फरार कर्तव्य ज्यान मुद्दाकी आचार्य पक्राउ
२७ बर्ष देखि फरार कर्तव्य ज्यान मुद्दाकी पार्वती आचार्य पक्राउ परेकी छन् । पर्वत जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा मिति २०५४ जेठ २० गते १९ बर्ष ११ महिना ११ दिन कैद फैसला भई फरार रहेकी आचार्यलाइ पक्राउ गरिएको पर्वत प्रहरीले जनाएको छ ।

जिल्लाकाे फलेवास नगरपालिका वडा नं. ०२ घर भई हाल रुपन्देही स्थित कन्चन गाउँपालिका वडा नं. ०१ लौसा बस्ने बर्ष ६३ की भिमादेवी भन्ने पार्वती आचार्यलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको बिशेष प्रहरी टोलीले रूपन्देहीबाट पक्राउ गरेर अदालतकाे आदेश अनुसार कारागार चलान गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठले बताए ।

























