तनहुँकाे केशवटारमा मगर भाषाको पढाइ सुरु

तनहुँकाे केशवटारमा मगर भाषाको पढाइ सुरु

नेपाल मगर संघ व्यास नगर समिति दमौलीको आयोजना र व्यास नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयमा मगर भाषाको पढाइ सञ्चालन भएको छ । जहाँ मगर विद्यार्थी त्यहाँ मगर भाषा अक्खालिपी कक्षा सञ्चालन गरिने उद्धेश्य एवम् पुस्तान्तरण अभियान सहितको मगर भाषा कार्यन्वयन गर्ने मगर संघको नीति कार्यक्रम तथा स्थानिय पाठ्यक्रमको अवधारणा अनुसार पढाइ सञ्चालन गरिएको हाे ।

यही अवधारणा अनुसार सरस्वती पुजाको अवसर पारेर तनहुँको केशवटार मा वि व्यास १४ केशवटारबाट कक्षा १ मा पढाइ सञ्चालन भएको हाे । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यन्वयनको ब्यास नगर प्रमुख बैकुण्ठ नाथ न्यौपानेले उद्घाटन गरेका थिए ।
त्यस अगाडि मगर भाषाको पढाइ सञ्चालन गर्न शिक्षकहरूलाई ५ दिने तालिम प्रदान गरिएको नेपाल मगर संघ व्यास नगर समिती अध्यक्ष रिमा आलेले बताइन् ।
पहिलो पटक केशवटार मा. वि. मा मगर भाषा अक्खालिपि (कक्षा १-८) को पाठ्य पुस्तक निर्माण गरि कक्षा सञ्चालन भएको अध्यक्ष आलेले बताइन् ।
मगर भाषा संरक्षणको लागि व्यास नगरपालिकाले मगर समुदायको बाहुल्यता रहेको विद्यालयमा मगर भाषाको पाठ्यक्रम अनुसार पढाई सञ्चालन गरेको हाे । तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन तालिम प्रदान गरिएको थियो । भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन भाषामा कक्षा सञ्चालन गर्न मद्धत गरेको नगरपालिकाले बताएको छ ।
समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगर ले भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरु सहभागी थिए । नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय भएको बताए । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेकोले यस्ता तालिमले भाषा संरक्षण गर्ने अभिभानलाई टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page