शानदार म:म हाेटलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते
काठमाडौँको कमलपोखरी स्थित शानदार म:म हाेटलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट हुँदा ११ जना कामदार घाइते भएका छन्।

केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुचना अधिकारी अपिल बोहराले जानकारी दिए । घाइते मध्ये उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।
























