लाेकतान्त्रिक खेलकुद संघ तनहुँ विस्तार , उपाध्यक्षमा बन्दीपुरका विराट

लाेकतान्त्रिक खेलकुद संघ तनहुँ विस्तार , उपाध्यक्षमा बन्दीपुरका विराट


नेपाल लोकतान्त्रिक खेलकुद संघ तनहुँमा कार्यसमिति विस्तार गरिएको छ । समितिका अध्यक्ष दुर्गा राज थापा मगरले समितिकाे विधान, २०७९ भाग ६ को २४ बमोजिम रहेको प्रावधान अनुसार तनहुँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।

कार्यसमिति विस्तार गर्दै अध्यक्ष थापाले नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनु हुनेछ भन्ने आशा राखेको बताएका छन् । साथै विधि विधान अनुरुप कार्य गर्नु गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाे समेत उनलेे बताएका छन् ।

अध्यक्ष थापाका अनुसार उपाध्यक्षमा- विराट के.सी. (बन्दिपुर-३) रहेका छन् भने सचिवमा जयश्वर पाण्डे (शुक्लागण्डकी-६) कोषाध्यक्षमा संजिप श्रेष्ठ (म्याग्दे-१) र सह-सचिवमा सुरक्षा आले (म्याग्दे-३) रहेका छन् । यस्तै सदस्यहरूमा राजु राई (म्याग्दे-५) , गणेश गुरुङ्ग (देवघाट-१), किसन थापा (घिरिङ्ग-३), कृष्ण लोहनी (म्याग्दे-४), पदम थापा (रिसिङ्ग-१), सुमन बस्नेत (व्यास-) नरेन थापा (घिरिङ्ग-५),असिम कुमाल (म्याग्दे-२), राजेश श्रेष्ठ (भिमाद-६), केशर थापा (भिमाद-१), अर्जुन पौडेल (व्यास-३), कुशलचन्द्र अधिकारी (भानु–१२), सागर बोटे (देवघाट-५), मनिषा सुनार (म्याग्दे–१), विराज श्रेष्ठ (भानु–३), अमृत खनाल (घिरिङ्ग-१), सुनिल थापा मगर (आँबुखैरेनी-४), रमेश भण्डारी (भिमाद-१)र निजामदिन मिया (व्यास-२)रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page