भत्कियाे ४३ वर्ष अगाडि दमाैलीमा बनेको दुर्गा मन्दिर

तनहुँको व्यास नगर पालिका वडा नं. ३, दमौलीमा रहेको दुर्गा मन्दिर भत्किएको छ । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा पुरानो मन्दिर भत्काइएकाे हाे ।


नव दुर्गा भवानी मन्दिरको तत्कालिन गृह सहायक मन्त्री नरबहादुर गुरुङबाट २०३८ साल पुस १४ गते उद्घाटन भएको थियो । स्थानिय पाका व्यक्तिहरुका अनुसार उक्त मन्दिर तत्कालिन तनहुँका प्रजिअ माधव प्रसाद श्रेष्ठको अगुवाइमा स्थानिय दमौलीका समाजेवी , भक्तजनहरुको सहयोग र सक्रियतामा बनेको बताइन्छ। ४३ वर्ष अगाडि बनेको मन्दिर अब इतिहास भएको छ । मन्दिर भएको ठाउँमा अब गाडी हिड्ने बाटो हुनेछ । पुरानो मन्दिर भत्किने भए पछि त्यसकै केही पछाडि नयाँ मन्दिर निर्माण गरिएको छ ।

चाइनिज इट्टाबाट प्याकोडा शैलिको नयाँ मन्दिरमा श्रीपञ्चमीको अबसर पारेर मुर्ति स्थापना गरिएको मन्दिर संरक्षण समितिका सचिव ठाकुर प्रसाद पौडेलले बताए । मन्दिर निर्माणका लागि हाल सम्म ४० लाख खर्च भैसकेको संरक्षण समितिका अध्यक्ष केशकुमारी राना (काशि) ले बताइन् । दुर्गा मन्दिर सँगसँगै त्यहाँ रहेका स्याङ्जा तनहुँ सम्पर्क समितिकाे प्रतीक्षालय , शिवकाे मन्दिर र एकदेव आलेकाे मुर्ति सहितका प्रतीक्षालय समेत भत्किएको छ ।
























